
३१ चैत, काठमाडौं । ११ दिनका बालक अहिले कोरोनासँग जुधिरहेका छन् ।
भारतको सुरतस्थित नाना बराछा क्षेत्रमा सुरत डायमन्ड एशोसियशनका तर्फबाट सञ्चालित अस्पतालको भेन्टिलेटरमा यी नवजात शिशुको उपचार भइरहेको छ । बाल विशेषज्ञहरुका अनुसार यी बच्चाकी आमा संक्रमित थिइन् ।
आमामार्फत बच्चामा पनि संक्रमण सर्यो । यी बच्चालाई अहिले रेमडेसिविर इन्जेक्सन लगाइएको छ भने बच्चाको स्वास्थ भने सुधार हुँदैछ । स्रोतः दैनिक भास्कर
प्रतिक्रिया दिनुहोस