समाचार

कैलालीमा २० जनामा कोरोना संक्रमण पुष्टि, २ जना भेन्टिलेटरमा

coronavirus

३१ चैत, कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलवार थप २० जनामा संक्रमण पुष्टि भएको छ । ४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमित मध्ये २ जना भेन्टिलेटर, १ जना आईसीयू र २ जनाको आईसोलेसनमा उपचार भइरहेको उनले बताए । अन्य भने होम आइसोलेशनमै रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस