कर्पोरेट

नयाँ वर्षमा एनसेलकाे अफर, ४९९ रूपैयाँ २० जीबी डाटासँगै हरेक रिचार्जमा बाेनस डाटा

ncell

३१ चैत, काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा एनसेलले डबल योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एनसेलका ग्राहकले डाटा प्याकको खरिदमा बोनस स्वरुप डबल डाटा भोलुम र हरेक रिचार्जमा बोनस डाटा भोलुमको फाइदा लिन सक्नेछन् ।

एनसेलको डाटा प्याकको खरिदमा उही शुल्कमा डबल डाटा भोलुम पाइन्छ भने हरेक ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डाटा भोलुमको फाइदा पनि लिन सकिनेछ । यो योजना अन्तर्गतको डबल डाटा भोलुम डाटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डाटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मंगलबारदेखि संचालनमा आएको छ ।

डबल डाटा योजनाअन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डाटा प्याकहरूमा पुरानै शुल्कमा डबल डाटा भोलुमको फाइदा लिन सक्छन् । यो आकर्षक योजनाअन्तर्गत ग्राहकले ४ सय ९९ मा ३० दिन समय सिमा रहेको १० जीबी डाटा प्याकको खरिदमा थप १० जीबी डाटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

त्यसैगरी, ४ सय ९९ मा २० जीबी (१० जीबी + १० जीबी) डाटाको मजा लिन पनि सकिने एनसेलले जनाएको छ । बोनस डाटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै १ सय ३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डाटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डाटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै ३ दिन समयसिमा रहेको ४ सय एमबी डाटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डाटा प्याकमा पनि डबल डाटा भोलुम योजनाअन्तर्गत ग्राहकले ४२ मा ८ सय एमबी डाटा भोलुम (४०० एमबी +४०० एमबी) तथा १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डाटाको फाइदा लिन सक्छन् ।

१ दिनको समयसिमा रहेको १५० एमबी डाटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याट बोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डाटा सापटी सेवा अन्तर्गत ४० मा ३०० एमबी डाटा खरिद गर्दा यो योजनामा ग्राहकले उही शुल्कमा ६०० एमबी डाटाको मजा लिन सक्छन् ।

नयाँ वर्षको यो योजनाअन्तर्गत ५० वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डाटाले यस योजनालाई थप आकर्षक बनाएको छ । ५० देखि ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभर  ५० एमबी बोनस डाटा प्राप्त गर्दछन्  । बोनस डाटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि १ सय देखि १ सय ९९, २ सय देखि २ सय ९९, ३ सयदेखि ४ सय ९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् ।

त्यसैगरी, ५ सय देखि ९ सय ९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डाटा तथा १ हजार वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १ हजार एमबी डाटा यो योजनाअन्तर्गत बोनस स्वरुप प्राप्त गर्दछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस