मुख्य समाचार

उकालो लाग्दै कोरोनाको ग्राफ : आज पनि ५०० बढी कोरोना संक्रमित थपिए, ५ को मृत्यु

jageshwor gautam

३१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०० बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा ५ जना मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *