मुख्य समाचार

काठमाडौं उपत्यकामा एकैदिन थपिए १६१ जना कोरोना संक्रमित

Kathmandu Upatyaka

३१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने  ५०० बढी कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार  ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस