मुख्य समाचार

शुक्रराज अस्पतालमा कोरोना संक्रमितले मात्रै भर्ना पाउने

sukraraj trapikal

३१ चैत, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मंगलबार (आज) बाट कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ ।

कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कोरोना संक्रमितको व्यवस्थापन गर्न अन्य बिरामीलाई भर्ना नलिने निर्णय गरिएको जानकारी दिए ।

‘कोरोना संक्रमित बढेकाले हामीले इन्डोर सर्भिस कोभिडको मात्र सञ्‍चालन गर्ने निर्णय गरेका हौं,’ डा राजभण्डारीले भने, ‘संक्रमित बढिरहेका छन्, अन्य बिरामीलाई भर्ना गर्दा उनीहरूमा पनि संक्रमण सर्ने जोखिम हुन्छ । त्यसैले कोभिडबाहेकका बिरामीलाई भर्ना नगर्ने निर्णय गरेका छौं ।’

अन्य सरुवा रोगी भर्ना हुनैपर्ने अवस्थामा आए वीर र पाटन अस्पतालमा व्यवस्थापन  गरिने अस्पतालले जनाएको छ । अहिले अस्पतालमा १८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ११ जना आइसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *