समाचार

खोलामा डुबेर २ बालकको मृत्यु

Death Body

३१ चैत, गुल्मी । गुल्मीमा खोलामा डुबेर २ बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनीमा डुवेर २ बालकको मृत्यु  भएको हो ।

मदाने गाउँपालिका–१ अग्लुङका ५ वर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ वर्षका गोविन्द विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा बालकको डुबेर ज्यान गएको हो ।

दुवै शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिए । प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विकका  छोरा गोविन्द सहित सोमबार मात्रै सिर्सेनी माइती घर आएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस