
३१ चैत, काठमाडौं । सरकारले आयुर्वेद चिकित्सा परिषद्, नेपालमा अध्यक्ष र रजिष्ट्रार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा सन्तोष ठाकुरलाई परिषद्को अध्यक्ष र डा निर्मल भुसाललाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।
दुवै जनाले मंगलबार नियुक्ति पत्रसमेत बुझिसकेका छन् । उनीहरुले बिहीबार पदवहाली गर्ने तय भएको छ । यसअघि नियुक्त भएका अध्यक्ष प्राडा धनिकलाल भरखेल र रजिष्ट्रार डा नारायण श्रेष्ठको पदावधि सकिएको थियो ।
फागुन १७ गतेदेखि उनीहरू दुवैको पदवाधि सकिएपछि परिषद्मा यी पद रिक्त थिए ।
प्रतिक्रिया दिनुहोस