अर्थनीति

पोखराको सेती खोंचमा ८ करोडको लगानीमा बन्जी निर्माण, नयाँ वर्षसँगै व्यावसायिक सञ्चालनमा आउने

bungee jumping

३१ चैत, काठमाडौं । पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालि ले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको सफल परीक्षण गरिएको छ ।

लेक साइडबाट करिब तिन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यावसायिक सञ्चालनमा आउने बताइएको छ । सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख लगानी रहेको बताइएको छ ।

अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेका हुन । क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ ।

सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने भट्टराईको दाबी छ । बन्जीको २ वटा प्लेटफर्म नदी देखि १०१ र १०५ मिटरमा छन् । दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको भट्टराईको दाबी छ  । साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्म बाट गराइने अध्यक्ष भट्टराईले बताए ।

आइएसो स्टाण्डर्डमा निर्माण गरिएको भट्टराईको दाबी छ । अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जीु सँगको फ्रेन्चाइज भएकोले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको भट्टराई बताउँछन् । एड्भेन्चर भएकोले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताए ।

परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान)का संस्थापक बीउ रिटालिकले गरेका छन् । रिटालिक सँगै बन्जीको सञ्चालनको लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुगेका छन् । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको भट्टराईले बताए। बन्जी परिसरमै रेस्टुरेन्ट समेत निर्माण भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस