प्रदेश २

पर्सामा कोरोनाबाट २ जनाको मृत्यु

covid 19 dead

३१ चैत, पर्सा । प्रदेश नम्बर २ को पर्सामा कोरोना संक्रमणबाट २४ घण्टाभित्र २ जनाको मृत्यु भएको छ । वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा दुबै जनाको मंगलबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनपूर्व अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान अन्दाजी ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिनापूर्व नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

स्वासप्रस्वासमा समस्या देखिनुका साथै खोकी र ज्वरो लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यस्तै बाराका संक्रमित पनि आज विहान नारायणी अस्पतालमै मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस