मुख्य समाचार

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण

yogi

१ बैशाख, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना पोजेटिभ भएको जनाएका हुन्। बुधबार ट्वीटरमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’ उनले आफू सेल्फ आइसोलेसनमा रहेको र चिकित्सकको परामर्शलाई पूर्ण रुपमा पालन गरिरहेको जनाएका छन् ।

आफूले सबै काम ‘भर्चुअली’ सम्पादन गरिरहेको पनि उनले उल्लेख गरेका छन् । आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन र परीक्षण गर्न पनि उनले सुझाव दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस