स्वास्थ्य

अब नर्भिक अस्पताल परिसरमा प्लाष्टिक ब्याग बोक्न नपाइने

norvic hospital

१ बैशाख, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले प्लाष्टिक ब्यागमा प्रतिवन्ध लगाउने भएको छ ।

अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् । वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पताल समेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताइन् ।

यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिक जन्य ब्याग प्रयोग गर्न पाउने छैनन् । प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइने छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस