मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते !

gulmi accident

१ बैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना भएको छ । लु१ज १६५५ नम्बरकाे जिप बुधबार बिहान दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा सूर्य पन्थी, ईश्वरी भण्डारी र अर्का एक कर्मचारीको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक बुद्धिप्रसाद रानाले जानकारी दिए ।

एक जनाको उपचारका क्रममा र दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेमध्ये एक जना गाडीमै च्यापिएको र उनलाई निकाल्ने प्रयास भइरहेको रानाले बताए । स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा गाडी सडकबाट तल खसेको रानाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस