समाचार

गुल्मीमा सडक दुर्घटना : १ जनाको मृत्यु, ४ जना घाइते

accident

१ बैशाख, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–३ मा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका–३ को क्वादी भन्ने स्थानमा अटो दुर्घटना हुँदा सोही वडाका २८ वर्षीय तारा राहडी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुरुषोत्तम पाण्डेले उक्त दुर्घटनामा राहडी मगरको मृत्यु पुष्टि गरेका हुन् ।

उनका अनुसार उक्त दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले सडकदेखि धेरै तल खसेको अटोमा गम्भीर घाइते ३ जनालाई जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र बाट पाल्पाको मिसन अस्पताल रिफर गर्न लागिएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस