समाचार

डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण

air pollution ktm

२ बैशाख, काठमाडौं । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन ।

वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।” मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौँ, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौंमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ । दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ । काठमाडौंमा दुई दिनअघि शिवपुरी जङ्गलमा उच्च डढेलो लागेको थियो ।

पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ । नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको छ ।

मुख्य गरी नेपालका पश्चिमी क्षेत्र र केही पहाडी भेगमा आगामी दुई दिन हल्कादेखि मध्यम वर्षा हुने लक्षण देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस