मुख्य समाचार

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

corona

२ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको  बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो । हाल गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् ।

जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये आठ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार दिउँसो  सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

चैत  २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित विकले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस