समाचार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

bike accident

२ बैशाख, काठमाडौं । भक्तपुरको ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बुधवार राति मध्यपुर ठिमी नगरपालिका ४ स्थिति एसएस चोक नजिकै भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाबाट घाइते भएका काभ्रेपलान्चोक धुलिखेल बस्ने ३२ वर्षीय महेश शाहको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । उनी मोटरसाइकलको पछाडि बसेका थिए ।

त्यस्तै मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाहको भने मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ । शाहले मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस