
२ बैशाख, मकवानपुर । प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ ।
बुधवार राति साढे १० बजे हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका २१ वर्षीय विशाल विशाल पासवानलाई पक्राउ गरेको छ ।
सामूहिक बलात्कार भएको सूचना पाएपछि घटनास्थलमा पुगेका मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले पासवानलाई पक्राउ गरेको हो । बलात्कृत प्रेमिका १८ वर्षभन्दा कम उमेरकी छिन् ।
पक्राउ परेका विशालबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस