समाचार

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

road accident

२ बैशाख, झापा । पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ ।

काठमाडौंको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पु¥याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए । दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो । घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस