
२ बैशाख, काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भोलाको साथबाट प्रहरीले डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र सोही परिमाणको नुर्फिन बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस