
२ बैशाख, काठमाडौं । राष्ट्रिय खाद्य बैंकले नयाँ वानेश्वर स्थीत केन्द्रिय कार्यालयको सुभारम्भ गरेको छ । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालयको आज पुजापाठ गरि सुभारम्भ गरिएको छ ।
बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत (पुजापाठ सहित) सुभारम्भ गरिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए । २ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो ।
कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अर्गानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उद्देश्य लिएको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा ५ सय ९० जना प्रमोटर शेयर सदस्य रहेका छन् । बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर शेयर सदस्य बनाउने उद्घोष यसअघि नै गरिसकेको छ ।
सरकारी मापदण्ड पुरा गरी केही बर्ष भित्रै आईपीओमा जाने योजना भएको पनि बैंकले जनाएको छ । शेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैंकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।
यस बैंकले पहिलो चरणमा यस वर्षबाट २३ ओटा जिल्लामा कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको जनाएको छ । बैंकले त्यसका लागि तराईका विभिन्न जिल्लाहरुमा करिव ६ सय बिघा जमिन लिजमा र यसै वर्ष भित्र उत्पादन गरेका अर्गानिक कृषि उपजहरु उपभोग गर्न पाउने पनि अध्यक्ष उप्रेतीले बताएका छन् ।