मुख्य समाचार

सेयर बजारमा उछाल, नेप्से २७ सय बिन्दु माथि पुग्यो

stock market

२ बैशाख, काठमाडौं । बिहीबार सेयर बजार २०.६७ अंकले बढेको छ । नेप्सेले २७ सय बिन्दु पार गरेको हो । २७३५.४६ अंकले बढेको बजारमा ८ अर्ब ६३ करोड बढीको सेयर कारोबार भएको छ ।

ट्रेडिङ र जलविद्युत बाहेक सबै समूहमा उछाल आएको छ । आज बेस्ट फाइनान्स कम्पनीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो । दोस्रो बढी कमाउनेमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था रहेको छ । यसको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको हो ।

यता कारोबार रकमका आधारमा सबैभन्दा बढी सेयर कारोबार हुनेमा पनि एनआइसी एसिया लघुवित्त वित्तिय संस्था रहेको छ । यसको ४९ करोड ८९ लाख ६३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस