२ बैशाख, काठमाडौं । लक्ष्मी बैंकले १२८ औं शाखा कास्कीको लेखनाथमा संचालनमा ल्याएको छ ।
पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक)मा रहेको यो शाखा मार्फत सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंकले जनाएको छ ।
सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस