मुख्य समाचार

हिम आरोही टोलीलाई मन्त्री गुरुङको विदाई

bidai

२ बैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई विदाई गरेका छन् ।

मन्त्रालयद्वारा बिहीवार आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर टोलीलाई बिदाइ गरेका हुन् ।

दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदिङका एउटै परिवारका तीन दिदी बहिनी निमाजाङबु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष)ले शुक्रबारदेखि सातै महादेशका अग्ला शिखर आरोहण गर्न सुरु गर्नेछन् ।

आरोहण दलका टोली नेता दावा फुट्टीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने योजना रहेको जानकारी दिए । टोलीलाई विदाई गर्दै मन्त्री गुरुङले आरोहण सफल बनाउनका लागि सरकारले सक्दो सहयोग, समन्वय र साथ दिने प्रतिबद्धता व्यक्त गरे।

एकै घरका तीन जना दिदी बहिनीले सगरमाथासहित सबै महादेशका अग्लो शिखर चुमेर विश्वमा नयाँ कीर्तिमान राख्ने योजना बनाएकोमा खुसी व्यक्त गर्दै उनले सो अभियानको पूर्ण सफलताको कामना समेत गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस