कर्पोरेट

कतार एयरवेजले गर्यो जेटब्लुसँग रणनीतिक कोड शेयर साझेदारी

qatar airlines

२ बैशाख, काठमाडौं । कतार एयरवेजले जेटब्ल्यूसँग आफ्नो रणनीतिक कोडशेयर साझेदारीको विस्तार घोषणा गरेको छ । यो साझेदारीसँगै अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा हुने जनाइएको छ।

संयुक्त राज्य अमेरिका र दोहा बीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोडशेयर उडानहरूको लागि बिक्री सुरू भइसकेको छ ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी थियरी एन्टिनोरीले भने, ‘महामारीको बावजुद पनि कतार एयरवेजले आफ्ना रणनीतिक एयरलाइन्स साझेदारहरूसँग बलियो सम्बन्ध बनाएको छ । एयरवेजले तीव्र वृद्धि भइरहेको नेटवर्कमा १३० भन्दा बढी गन्तव्यहरू सुनिश्चित गरेको छ । हामी जेटब्लुलाई हाम्रो व्यापक ग्लोबल नेटवर्कमा स्वागत गर्न पाउँदा प्रसन्न छौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस