शैक्षिक गन्तव्य

‘पढाईको नयाँ फण्डा–मेरो स्कुल’ सार्वजनिक

mero school

२ बैशाख, काठमाडौं । एस्ट्रिक टेक्नोलोजिले डिजिटल ई–लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ ।

कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ्ग पठाउन तथा स्कूल जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लेटफर्म ​सार्वजनिक भएको हो ।

प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लेटफर्म को विकास गरिएको टेक्नोलोजिज्ले जनाउको छ । ‘पढाइको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिक भएको यो प्लेटफर्म ले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने विश्वास कम्पनीको छ ।

मेरो स्कुल एक डिजिटल इ–लर्निङ्ग प्लेटफर्म हो जहाँ नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजार भन्दा धेरै भिडियोहरू उपलब्ध छन् । यसका साथै पुराना प्रश्नपत्रहरू हल गरिएका भिडियोहरू पनि उपलब्ध छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस