मुख्य समाचार

एमाले सांसद रावल घरमा ढुंगा प्रहार : २ जना पक्राउ

dhunga hanne pakrau

२ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्दै आएको घरमा ढुंगा हान्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–१ घर भएका मनोज तामाङ र पाँचथर घर भएका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।

मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा बुधवार राती दुई युवाले ढुंगा हानेका थिए । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *