प्रदेश २

प्रदेश-२ सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन

Cm office province 2

२ वैशाख, जनकपुरधाम । शहीद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाको हितमा काम गर्ने उद्देश्यले प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न भन्दै प्रतिष्ठानको गठन गरेको गरेको प्रदेश २ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।

२०६३ सालदेखि तराई मधेश तथा थरूहटमा पटक पटक भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदको परिवार, घाइते भई अपाङ्ग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थापनलगायत अन्य सरोकारका काम गर्न प्रतिष्ठान गठन गरिएको उनले बताए ।

सो प्रतिष्ठानले सहिद परिवार, घाइते तथा अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नति आदि सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, सहिद पार्क निर्माणको लागि स्थानको छनौट लगायत पीडितहरु लक्षित रोजगारमूलक तथा सीपमुलक कार्यक्रमहरु संचालन गर्ने बताइएको छ ।

सहिद प्रतिष्ठान गठनका लागि सहिद परिवार​हरुले आवाज उठाउँदै आएका थिए । त्यसका लागि केही दिन पहिले सहिद परिवारका सदस्यहरुले प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराइएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस