३ बैशाख, गुल्मी । प्यूठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो ।
त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।
बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस