मुख्य समाचार

भक्तपुरमा खुकुरी प्रहार गरी २० वर्षीय युवकको हत्या

bhaktapur murder

३ बैशाख, काठमाडौं । भक्तपुरमा एक गाई फार्ममा खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–८, सिपाडोलको एक गाई फार्ममा सोलुखुम्बु घर भई मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।

भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारा थापाका अनुसार काठमाडौं गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलालले खुकुरी प्रहार गरि राईको हत्या गरेको जानकारी दिइन् ।

विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको डीएसपी राजेश थापाको टोलीले अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

खुलालले सामान्य विवादमा खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । थापाले विवाद के बिषयमा भएको हो भन्ने बारे नखुलेको बताइन् ।

खुकुरी प्रहार हुँदा युनिस योञ्जन र सुनिल बल पनि सोही कोठामा रहेको खुलेको प्रहरीले जनाएको छ । राईलाई खुकुरी प्रहार भएलगत्तै उनीहरू भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस