मुख्य समाचार

भारतमा २४ घण्टामा रेकर्ड: २ लाख १६ लाख बढी संक्रमित, १ हजार बढीको मृत्यु

india airport

३ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमणको स्थिति खराब हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ रेकर्ड २ लाख १६ हजार ६४२ जना संक्रमित भएको पाइएको छ । पछिल्लो वर्ष संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो अवसर हो । यस दौरान १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने १ हजार १८२ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख कटेको छ । त्यहाँ १५ लाख ६३ हजार ५८८ संक्रमितको उपचार भइरहेको छ । विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् । पुणे सहर यो सूचीको शीर्ष स्थानमा रहेको छ भने मुम्बई दोस्रो स्थानमा छ । देशका करीब १२० जिल्लामा शैय्या, अक्सिजन, भेन्टिलेटरजस्ता जरुरी सुविधाको संकट देखा परेको छ ।

बिहीबार सबैभन्दा धेरै ६१ हजार ६९५ संक्रमित महाराष्ट्रमा फेला परेका छन् । दोस्रो नम्बरमा उत्तर प्रदेशमा २२ हजार ३३९ संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा १६ हजार ६९९, छत्तिसगढमा १५ हजार २५६, कर्नाटकमा १४ हजार ७३८ र मध्य प्रदेशमा १० हजार १६६ जना संक्रमित फेला परेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *