
३ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगारपालिकाभित्र रहेका विद्यालयहरुमा कोरोना संक्रमण पुष्टि भएका विद्यालहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको छ ।
शुक्रबार महानगरपालिको सूचनामार्फत विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीमा कोरोना संक्रमण पुष्ट भएको विद्यालयहरु एक हप्तासम्मका लागि शिक्षण सिकाइ बन्द गर्ने निर्णय गरेको भनिएको छ ।
महानगरले संक्रमण देखिएका विद्यालयमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्चालन गर्न पनि भनेको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमण नदेखिएका विद्यालयहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस