विश्व/प्रवास

अन्धाधुन्ध गोली चलाएर बन्दूकधारीले गरे आत्महत्या

gun

३ बैशाख, काठमाडौं । अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् । इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो ।

कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् । कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन । घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो ।

अमेरिकाकै बिहीबार राति सान एन्टोनियो विमानस्थल बाहिर गोली चलाउने एक हमलाकारीलाई प्रहरीले मारेको छ । प्रहरी अधिकारीहरुका अनुसार ती बन्दुकधारीहरुले टेक्सासको उत्तरी भागस्थित हाइवेमा पनि गोली चलाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस