मुख्य समाचार

फाइजरका मालिकले भने- ‘खोपको तेस्रो डोज आवश्यक पर्नसक्छ’

covid vaccine

३ बैशाख, काठमाडौं । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी फाइजरका मालिक अल्बर्ट बोउर्लाले मानिसहरुलाई खोपको तेस्रो डोज आवश्यक पर्न सक्ने बताएका छन् । ५९ वर्षीय बोउर्लाले भने, ‘यहाँ पोलियोजस्ता खोप छन्, जसको एक डोज नै काफी हुन्छ ।

यहाँ फ्लुजस्ता खोप पनि छन्, जसलाई वर्षेनी लगाउनुपर्छ ।’ दुुई डोज लगाइसकेको ६ वा १२ महिनापछि प्रतिरोध क्षमता बढाउनका लागि तेस्रो डोज लगाउनुपर्ने हुनसक्ने तर्क उनले गरे । ‘कोभिड १९ भाइरस पोलियो भाइरस होइन, इन्फ्लुएन्जा जस्तो प्रकृतिको देखिन्छ ।’

बेलायतमा भारतीय स्वरूपको कोरोनाका ७७ वटा संक्रमणका घटना पहिचान भएपछि उनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो, इङ्ल्यान्डमा ७३ जना र वेल्समा चारजनामा यस्तो देखिएको छ ।  यससँगै बेलायतमा नयाँ स्वरूपको भाइरस फैलने त्रास बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस