मुख्य समाचार

बुटवलमा कोराना संक्रमित एक महिलाको मृत्यु

corona hospital butwal

३ बैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलमा अर्घाखाँचीकी एक महिलाको मृत्यु भएको छ ।

अर्घाखाँचीको शितगंगा २ की ७० वर्षीय महिलाको आज उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएकी महिला दिर्घ रोगी समेत रहेकी थिइन् । उनलाई स्तन क्यान्सर समेत भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस