मुख्य समाचार

कोरोना अपडेट : काठमाडौं र बाँके बन्यो कोरोनाको हटस्पट

coronavirus

३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला परेकोमा काठमाडौं उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् ।

काठमाडौंमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, यो अवधिमा नेपालमा थप ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा गरिएको परीक्षणमा शुक्रवार देशभर थप ९०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस