खेलकुद समाचार

उपराष्ट्रपति कपका लागि ब्याडमिन्टन खेलाडी छनौट

batminton

३ बैशाख, काठमाडौं । तेश्रो केन्द्रिय उपराष्ट्रपती कप चिल्ड्रेन गेमका लागि भक्तपुर जिल्लाबाट ब्याडमिन्टन खेलाडी छनौट गरिएको छ ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठको उपस्थितीमा भएको छनौट प्रतियोगितामा ४ छात्रा र ४ छात्र गरि ८ खेलाडीहरु छनौट गरिएको हो ।

लोकन्थलीस्थित मध्यपुर ब्याडमिन्टन एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट छात्रतर्फ बागेश्वरीका सिभिक ज्याख्वो, लिसाका कसिर नखेभु र श्रेयस रञ्जितकार तथा सामुदायिकका रोजन गोरा छनोट भएका छन् ।

त्यस्तै, छात्रातर्फ हिमालयन ग्लोरीकी रुशा जटि, लिसाका तजश्वी मानन्धर र सोनाम प्रजापति तथा प्रोक्सिमाकी रिना थापा छनोट भएको प्रशिक्षक सविन ढुङ्गेलले जानकारी गराएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस