कर्णाली प्रदेश

‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदलाई कारबाही गर्न सिफारिस

pradesh sava karnali

३ बैशाख, काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।

शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।

दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले जानकारी दिए । सांसद परियारले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने सांसदहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ ।’

शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए । चारैजना सांसद एमाले माधव नेपाल पक्षधर सांसद हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस