मुख्य समाचार

कोहलपुरमा बस र टिपर एकआपसमा ठोक्किदा ५ जनाको मृत्यु, ३५ जना घाइते

kohalpur accident

३ बैशाख, बाँके । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर रोहिनी खोला नजिकै बस र टिप्पर एक आपसमा ठोकिदा ५ जनाको मृत्यु हुनुको साथै ३५ जना घाइते भएका छन् । सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना.अ.क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते भएका छन् । उनिहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । बसमा ४७ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका १४ जनाको अवस्थामा मध्यम र बाँकी यात्रुको अवस्था सामान्य छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस