गण्डकी प्रदेश

गण्डकीमा कोरोना संक्रमणको ‘रेडजोन बन्दै’

corona

३ बैशाख, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बृद्धि भएको छ । विगतमा प्रदेशमा कोरोना संक्रमण उच्च देखिए पनि क्रमश हराउँदै गएको थियो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की पछिल्लो समय ‘रेड जोन’ बन्दै गएको छ ।

गतवर्ष कोरोना संक्रमण उच्च भएर क्रमशः घट्दै गएको अवस्थामा केही हप्तादेखि पोखरा क्षेत्रमा संक्रमण उच्च गतिमा बृद्धि भएको छ । शुक्रबार पोखरामा ८५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १ लाख ३८ हजार ८७० नमुना परीक्षण गरिएकोमा १७ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म प्रदेश १६ हजार ४१५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४६२ सक्रिय संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस