सूचना प्रविधि

स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

tower

३ बैशाख, काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार क्षेत्रलाई समेट्ने गरी जिएसएम सेवा विस्तार गरेको छ ।

करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्फत् ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।

करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो । त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट बञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपान्सन मार्फत करादी बजारमा जीएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए ।

त्यसैगरी, हाल जीएसएम प्रविधि मार्फत वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमै सोही ठाँउबाट वायरलाइन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ ।

सोही क्षेत्रमा एनटी टेलिभिजन र पीएसटीएन ल्यान्डलाइन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरि कार्य गरिएको पनि नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्फत वायरलेस र वायरलाइन दुबै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस