
३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर प्रमुखलाई जोडेर विवादास्पद समाचार लेख्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माको घर तथा कार्यालयमा प्रहरीले खानतलासी गरेको छ । समाचारको विषयलाई लिएर शर्माको घर तथा कार्यालयमा आज बेलुकी प्रहरीले खानतलासीका र धम्की समेत दिएको नवनिर्वाचित महासचिव रोशन पुरीले जानकारी दिए ।
प्रहरीले विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो’ भन्दै परिवारलाईसमेत धम्की दिएको पुरीले बताएका छन् । यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको उनको भनाइ छ । उनले नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार गरेर समाचारका विषयमा प्रेस काउन्सिलमार्फत निरुपण खोज्न सुझाएका छन् ।
शर्मा सम्पादक रहेकाे अनलाइनमा प्रधानमन्त्री र भारतीय गुप्तचर निकायका प्रमुखबारेकाे समाचार छापिएको थियो ।