समाचार

नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास, मलामीले गरे उद्दार

river

४ बैशाख, काठमाडौं । बर्दियामा नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने एक जनाको उद्दार भएको छ ।

शुक्रबार जिल्लाको मधुवन नगरपालिका ७ का ३५ वर्षीय पुरुषले स्थानीय कुसुम्बाघाटमा रहेको झोलुङगे पुलबाट हामफालेर आत्महत्या प्रयास गरेको प्रहरीले भएको हो । उनी नदीमा हामफालेको देखेपछि सोही स्थानमा रहेका मलामीहरूले उद्दार गरेका थिए ।

ती पुरुषलाई उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ भने उनको अवस्था गम्भीर रहेको छ । मानसिक रोगी समेत रहेका उनको बायाँ खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस