मुख्य समाचार

राजनीति ‘क्लाईमेक्स’मा पुगेको छ : प्रचण्ड

Prachanda

४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति क्लाईमेक्समा पुगेको टिप्पणी गरेका छन् । तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उघ्रगुटवादीहरुलाई सैह्य नभएको प्रसंग उल्लेख गर्दै उनले तीनै शक्तिको षडयन्त्रको क्वाईमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गरे ।

पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार उनले प्रधानमन्त्री केपी ओली निकटका उग्र गुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासंगै सुरु गरेको षड्यन्त्र एकीकरण भंग भएसँगै क्लाइमेक्समा पुगेको दाबी गरे । उनले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफुहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गरे ।

उनले भने, ‘केपी गुटका प्रत्यक्षरूपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो ।  नेता भेटियो भन्ने थियो । तर केपी र केपी नजिकका केही उग्रगुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाइमेक्सको रुपमा अहिलेको राजनीति छ । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्य मन्त्रीको नाम सहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिईसकेका छौ । लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अर्कोतिर केन्द्रमा अन्योल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीय स्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छन् ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस