मुख्य समाचार

कोरोनाको ‘युके भेरियन्ट’ अझ शक्तिशाली छ, सतर्क रहौँ : डा.पुन

Dr Sher bahadur Pun

४ बैशाख, काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिएका छन् । यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरे ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै डा. पुनले भने, ‘यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नअपनाए नियन्त्रण बाहिर जान सक्छ ।’ उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिएजति तीन महिनामै पुगेको बताए ।

आफूहरुले केही समय पहिले काठमाडौं कोरोनाका नयाँ हट स्पट बन्ने भन्दा विरोध भएको सम्झदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारतबाट र तराईबाट काठमाडौं पसेका व्यक्तिहरु खुलमखुलारुपमा हिँडडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा. पुनले भिडभाडमा नजान आग्रह गरे । स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौं भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए ।

कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए । उनले शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए । डा. पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस