कर्णाली प्रदेश

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमाले सांसदलाई मन्त्री पद

karnali prades

४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् ।

मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’  गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिएका छन् भने मुख्यमन्त्री आफूलेनै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा  अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा  कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको  छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस