समाचार

दलित आन्दोलनका अगुवाको कोरोना सङ्क्रमणबाट निधन

Death Body

४ बैशाख, बाग्लुङ । दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना सङ्क्रमणको कारण निधन भएको छ । कोरोना सङ्क्रमणपश्चात काठमाडौंको एक अस्पतालमा उपचाररत विकको आज निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।

दलित मुक्तिका लागि लड्दै आएका भगत सर्वजित विक प्रतिष्ठानका अध्यक्षसमेत रहेका विकको निधनले दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताए । विसं २०११ मा बागलुङ नगरपालिका–७ कालीमाटीमा उनको जन्म भएको थियो ।

विकले उत्पीडित दलित समुदायको सञ्जाल नगर तथा जिल्ला समितिको नेतृत्वसमेत गरेका थिए । सुन, चाँदी व्यवसाय गर्दै आउनुभएका विक नेपाल सुन चाँदी व्यवसाय बागलुङको पूर्वध्यक्ष हुन् । विक सक्रिय राजनीतिमा समेत सहभागी हुँदै आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस