समाचार

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

aaglagi

५ बैशाख, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् ।

ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, काठ र छिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो ।

आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *