
५ बैशाख, सप्तरी । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–७, बलुवा घर भएका युवकलाई पक्राउ गरेको छ ।
बलुवाका १९ वर्षीय सुनिलकुमार यादवले १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालिका बलात्कार गरी भागेका यादवलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
घटनाबारे थप अध्ययन अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस