
५ बैशाख, काठमाडौं । भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ का ५५ वर्षीय नौसाद मिया भारतीय नोटसहित पक्राउ परेका हुन् ।
शनिबार मियाको साथबाट प्रहरीले ५ सय दरका २०६ थान गरी एक लाख ३ हजार भारतीय नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।
यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस